लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ
काठमाडौं। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको हो। माओवादी केन्द्रले शेरचनलाई गण्डकी प्रदेश प्रमुखमै पठाउने निर्णय गरेपनि संवैधानिक व्यवस्थाले नमिलेपछि शेरचन लुम्बिनी प्रदेशप्रमुखमा सिफारिस भएका हुन्।
प्रतिक्रिया दिनुहोस्