बागमती प्रदेश प्रमुखद्वारा सार्वजनिक सडकसम्बन्धी विधेयक प्रमाणित
काठमाडौं। बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित विधेयक प्रमाणित गरेका छन्। उनले ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। बागमती प्रदेशसभा सचिवालयबाट प्रमाणित भएको विधेयकलाई प्रसाईँले आजै प्रमाणीकरण गरिएको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्