कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरूको सुझाव काठमाडौं। राष्ट्रियसभाका सदस्यहरूले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरिद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको विशेष समयमा कांग्रेसकी सांसद तारादेवी भट्ट, एमाले सांसद विमला घिमिरे र अगमप्रसाद बान्तवा राई, माओवादी केन्द्रका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्कीले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरूलाई नेपालमा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्