लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने जसपाको निर्णय काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने भएको छ। मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदहरूलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो। बैठकले प्रदेश सांसदहरू विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निष्कासन गर्न पत्र पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्