अमेरिकी विदेश मन्त्रीसँग प्रधानमन्त्री देउवाको फोन वार्ता काठमाडौं। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन्। ब्लिनकेनको सचिवालयले ट्विटरमार्फत देउवासँग कुराकानी भएको जानकारी दिएको हो। उक्त कुराकानीमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, कोरोना विरुद्धको लडाइँमा सहकार्य गर्ने र वातावरणीय परिवर्तनको विषयमा छलफल भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्