मन्त्रीको भागबण्डा मिलाउन गठबन्धनको बैठक जारी काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल हुने जनाईएको छ। गठबन्धनको बैठकले कुन कुन मन्त्रालय कसले पाउने भन्ने सम्बन्धमा टुङ्गो लगाउने बताइएको छ। गठबन्धनमा कुरा मिलेपछि पार्टीमा आन्तरिक छलफलपछि मन्त्री चयन गर्ने दलहरुको तयारी छ। बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनको तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्