परमादेशकै बेइज्जत किन गरेको? : बिडारी
काठमाडौं। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले परमादेशकै बेइज्जत गरेको भन्दै आपत्ति जनाएका छन्। राष्ट्रियसभाको बैठकमा उनले परमादेश भन्ने शब्दकै बेइज्जत, श्राप, त्यो पनि राष्ट्रियसभामा प्रत्येक दिन भएको भन्दै आपत्ति जनाए। “परमादेश विश्वभरीको शब्द हो, जो सर्वोच्च अदालतले गर्छ। यो परमादेशबाटै संसदको राष्ट्रियसभा भएको हो। अनि परमादेशलाई श्राप, परमादेशप्रति यत्रा कुरा किन?” उनले प्रश्न गरे।
प्रतिक्रिया दिनुहोस्