क्रियाशील सदस्यता र मन्त्रीको टुंगोलगाउन कांग्रेस पदाधिकारी बैठक जारी काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही समयअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे निकास दिन छलफल भइरहेको केसीले बताए। केसीका अनुसार बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो पनि लगाउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्