प्रचण्डको हस्ताक्षर र पार्टी लेटरप्याड दुरुपयोग भएकोप्रति माओवादीको आपत्ति काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ। माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड,छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर‘मन्त्रिमण्डल विस्तार’बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ। माओवादी पार्टीको नक्कली लेटरप्याड,प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्