ओलीले संवैधानिक ठगी गरेका थिए, सजाय पाए– जितेन्द्र नारायण देव काठमाडौं। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले संवैधानिक ठगी गरेको भन्दै अहिले सजाय पाएका बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले सो ठगीको सजाय मात्रै दिएको भन्दै ओलीले भन्दै आएको“मार्गप्रशस्त”शब्द संविधानले नचिन्ने जिकिर गरे। अदालतको परमादेशपछि राष्ट्रपतिले नियुक्त गरी जनप्रतिनिधिहरुले विश्वासको मत पनि दिइसकेकाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको भन्न नमिल्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्