रेशम चौधरीले तोडे तटस्थता, जसपाकै बाटो तय
काठमाडौं। रेशम चौधरी जसपामै रहने भएका छन्। जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका चौधरीले आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जनाए।भने,“माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्त गर्नुभएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनुभएको प्रष्ट गर्न चाहन्छु।”
प्रतिक्रिया दिनुहोस्