कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा फेरि समितिलाई नै
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगोमा पुर्याउने जिम्मा फेरि क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ। बुधबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले उक्त जिम्मेवारी दिएको हो। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पुरा गर्न समितिलाई बिहीबार ३ बजेसम्मको समय दिइएको बताए। छानवीन समितिले हिजो केही ठाउँको सदस्यता विवाद थाती राखेरै सभापतिलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस्