टोकियो ओलम्पिकः गौरिकाले तोडिने आफ्नै राष्ट्रिय कीर्तिमान काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन्। आज सम्पन्न महिला १०० मिटर फ्रीस्टाइलको हिट–१ मा गौरिकाले १ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्। प्रतिस्पर्धामा गौरिकाले २०१९ मा सम्पन्न १८औं विश्व च्याम्पियनसिपमा एक मिनेट ००.६२ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। तथापी गौरिका हिट चरणबाटै बाहिरिन्। ५२ खेलाडीमध्ये गौरिका ५१औं स्थानमा रहिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्