जसपा बैठकः दुई कार्यकारणी सदस्य थप्ने निर्णय काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दुईजना कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको छ। बैठकले हाल केन्द्रीय कारागारमा रहेका सांसद रेशम चौधरी र शिवलाल थापालाई थप गर्ने निर्ण गरेको हो। योसँगै जसपाको केन्द्रीय कार्यकारिणी समिति ३६ सदस्यीय बनेको छ। हिजोको बैठकले निर्वाचन आयोगले दललाई आधिकारिता प्रदान गर्दा अध्यक्ष उपेन्द्र यादवपक्षमा सनाखत नगरेका१७कार्यकारिणी सदस्यलाई हटाएर ३४ सदस्यीय कायम गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्