तीन राजनीतिक समूहसँग जसपाको एकीकरण अनुमोदन
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले तीन राजनीतिक समूहसँग एकीकरण गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ती समूहसँगको एकीकरण सम्झौतालाई अनुमोदन गरेको छ। जसपाले नेपाल लोकतान्तिक पार्टी शिवलाल थापामगर समूह,नेकपा एकीकृत माक्र्सवादी अमृत पुरी समूह र संघीय लिम्बुवान मञ्च मछिन्द्र वेगा समूहसँग एकीकरण गरेको हो। बैठकले थापालाई केन्द्रीय कार्यकारिणी,पुरीलाई राजनीतिक र वेगालाई केन्द्रीय समिति सदस्य मनोनित गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्