काँग्रेस पदाधिकारीको बैठक आज पनि बस्दै, क्रियाशील सदस्यता विवाद टुंगो लाग्दै काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठक महाधिवेशको तयारी र क्रियाशील सदस्यता विवाद समाधानमा केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। हिजोको बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी रहेका सदस्यता विवाद टुंग्याएर २४ घण्टाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। समितिले आजै बाँकी रहेका सदस्यता विवाद टुंग्याएर बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्