योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुद्वारा शपथ ग्रहण
काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेका छन्। सिंहदरबारमा प्रधानमन्त्री देउवाले पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।शपथ ग्रहण गरेपछि पौडेलले सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो। शपथलगत्तै उपाध्यक्ष तथा सदस्यद्वयले पदभार पनि ग्रहण गरेका छन्।
प्रतिक्रिया दिनुहोस्