ढुक्क हुनुहोस्, पार्टीले प्रतिगमन स्वीकार्ने छैन– मिलन पाण्डे
काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देशलाई परिवर्तनको नाममा २०–२५ वर्ष पछाडि धकेल्न नहुन बताएका छन्। व्यवस्था परिवर्तनको नाममा पार्टी र देशले प्रतिगमन नस्वीकार्ने उनको भनाई छ। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्तिगत धारणा भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको धारणा सार्वजनिक गरेपछि पाण्डेले फेसबुकमार्फत यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्– “ढुक्क हुनुहोस्, पार्टीले प्रतिगमन स्वीकार्ने छैन।”
प्रतिक्रिया दिनुहोस्