संसदमा विधेयकहरु अघि बढाउने बारे सभामुख र गृहमन्त्रीबीच छलफल काठमाडौं। प्रतिनिधिसभाको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने सम्बन्धमा सभामुख र गृहमन्त्रीबीच छलफल भएको छ। बिहीबार सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच विधेयकसँगै यसवर्ष बाढीपहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापकका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको जनाइएको छ। सरकारले यसवर्ष मनसुनको सुरुआतसँगै बाढीपहिरोबाट ठूलो क्षति पुगेपछि मनाङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्