अध्ययन समितिले प्रधानन्यायाधिशलाई बुझायो प्रतिवेदन
काठमाडौं।न्यायपालिका सुधार सम्बन्धमा सुझाव दिन गठित समितिले सर्वोच्च अदालतमा प्रतिवेदन बुझाएको छ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रतिवेदन बुझाएको हो। न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न २०७७ साउन २९ मा समिति गठन भएको थियो। कार्की संयोजक रहेको समितिमा प्रकाशमान सिंह राउत, पदमप्रसाद पाण्डे, चण्डेश्वर श्रेष्ठ, निर्मला पौडेल, ऋिषिराम घिमिरे सदस्य थिए।
प्रतिक्रिया दिनुहोस्