जसपाले चार महिने जनजागरण अभियान सञ्चालन गर्ने काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को देशव्यापी ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण अभियान सञ्चालन गर्ने भएको छ।बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। उनकाअनुसार अभियानमा पार्टी समायोजन, प्रशिक्षण, प्रचार, संगठन विस्तारलगायतका काम हुनेछन्। बैठकले अभियान सञ्चालनकालागि नेताहरुको अस्थायी कार्यविभाजन गर्ने निर्णय गरेकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्