यी हुन् काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन नसकेको तीन विषय
काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा क्रियाशील सदस्यता छानबिन समितिको संयुक्त बैठकले बाँकी रहेका सदस्यता विवाद टुंग्याउन शीर्ष तहका नेतालाई ५ दिनको समय दिएको छ। छानबिन समितिका संयोजक रमेश लेखककाअनुसार मूलतः अन्य पार्टीबाट प्रवेश गरेकाको सदस्यता समायोजन, धनुषा–४ र सर्लाही–२ नम्बर क्षेत्रको नवीकरण विवाद र बारा र सप्तरीको नयाँतर्फको सदस्यता विवाद गरी तीन विषयमा टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिइएको हो।
प्रतिक्रिया दिनुहोस्