माइतीघरमा शिक्षक महासंघको अनसन जारी काठमाडौं। ३४ सूत्रीय मागसहित आन्दोलनरत नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा रिले अनसन शुरु गरेका छन्। अहिले बिहान ८ बजेदेखि शुरु भएको अनसन ४ बजेसम्म जारी रहने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। अनशनमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी,नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल,इस्टुका अध्यक्ष होमकुमार थापालगायतको सहभागिता रहेकोछ। आज स्थानीय तह,जिल्ला र प्रदेशहरूस्तरमा पनि शिक्षकहरूको अनसन जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्