सबै जनतालाई खोप र विपन्नलाई तत्काल राहत देउ : डिला संग्रौला काठमाडौं। प्रतिनिधिसभा सदस्य डिला संग्रौलाले तत्काल सबै जनतालाई खोप र आर्थिकरुपले विपन्न नागरिकलाई राहत उपलब्ध गराउन माग गरेकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै संग्रौलाले कोभिडका कारण घरेलु महिला हिंसाका घटना बढेकाले सरकारले यसमा ध्यान दिनुपर्ने बताइन्। प्रहरीको तथ्यांकअनुसार पछिल्ला दिनमा २२ प्रतिशत महिला–बालिकाहरु हराउने गरेकामध्ये आधाभन्दा बढी नभेटिने भन्दै संगौलाले महिला–बालिका सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्