संसदलाई बिजनेस बिना कति दिन राख्ने हो ? : दिव्यमणि राजभण्डारी
काठमाडौं। प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीले व्यवस्थापिका संसदलाई धेरै दिन विजनेसबिहीन नबनाउन माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राजभण्डारीले संसदको कार्यसूचीमा अझैपनि काम नदेखिएको भन्दे यसले जनतासामु आफूहरुलाई लज्जित बनाएको बताए। सरकारले संसदमार्फत तुरुन्त ऐन कानून ल्याउनुपर्ने उनको भनाइ थियो। उँखु किसानले फेरि पनि भुक्तानी नपाएको गुनासो सुनिएकाले गरिब किसानको समस्या चाँडो समाधान गर्न सरकारसँग उनको आग्रह थियो।
प्रतिक्रिया दिनुहोस्