द्वन्द्वपीडित शिक्षकको पुनर्स्थापना चाँडो गर्न सांसदको माग काठमाडौँ। प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले द्वन्द्वपीडित शिक्षकको समस्या समाधान चाँडो गर्न सरकारसँग माग गरेका छन्। शुक्रबारको बैठकमा रावतले जनआन्दोलन र जनयुद्धलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका शिक्षकहरू विस्थापित भएको धेरै भए पनि अझैसम्म पुनर्स्थापित नभएकाले तत्काल पुनर्स्थापनाको माग गरेका हुन्। सँगैका कर्मचारीहरूको पुनर्बहाली हुँदा पनि राज्य र विपक्षी दुवैको दमन सहेका शिक्षकहरू विस्थापित भइरहनु दुखद रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्