प्रधानमन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका छन्। परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरेका हुन्। कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने बारेमा प्रधानमन्त्रीले विचार विमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्