एकताका लागि अब धेरै कुरिँदैन, चाँडै एउटा टुङ्गोमा पुग्छौंः महासचिव पोखरेल काठमाडौँ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई अब धेरै बेर कुर्न नसकिने बताएका छन्। एकता कार्यदलले जुटाएको १० बुँदे सहमति स्थायी र केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेर कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको अवस्थामा अझै पनि एकता–एकता भनी कुरेर बस्न नसकिने बताएका हुन्। पोखरेलले भने, 'एकताका लागि अब धेरै कुरिँदैन, चाँडै एउटा टुङ्गोमा पुग्छौँ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्