स्वास्थ्य राज्यमन्त्री श्रेष्ठविरुद्धको टीकाटिप्पणी प्रति काँग्रेसको आपत्ति काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ विरुद्ध सञ्चार माध्यममा भएको टीकाटिप्पणी प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ। काँग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री श्रेष्ठले संविधानसभा तथा प्रतिनिधि सभा सदस्यको रूपमा पुर्‍याएको योगदानको अवमूल्यन हुने गरी सञ्चारमाध्यमबाट भएको सुनियोजित अनर्गल टीकाटिप्पणी र दुष्प्रचार भएको भन्दै आपत्ति जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्