बृहत नागरिक आन्दोलनले आज मार्चपास गर्दै काठमाडौं। शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिकोविरुद्ध आन्दोलन गर्दै आएको बृहत नागरिक आन्दोलनले आज मार्चपास गर्ने भएको छ। विपी प्रतिष्ठान बचाउ र बदलका लागि खबरदारीका लागि मार्चपास र सभा गर्न लागिएको आन्दोलनले जनाएकोछ। मार्चपास आज ४बजे माइतीघरबाट बानेश्वरसम्म हुनेछ। मार्चपछि सभाको आयोजना हुने जनाइएको छ। वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अनियमिता, भ्रष्टाचार भएको भन्दै आन्दोलनले राजधानीमा प्रदर्शन गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्