एमाले विवाद समाधानको अबको छलफल दशबुँदे सहमति र दुई अध्यक्ष हुने कि नहुने? काठमाडौं। नेकपा एमाले पार्टीको आन्तरिक एकताका लागि थप प्रयत्नमा दुई विषय छलफलका लागि मुख्य बन्ने भएका छन्। शनिबार कार्यदलका सदस्यहरुको अनौपचारिक छलफलले कार्यदलले सहमति जुटाएको दशबुँदे सहमति र दुई अध्यक्षको सम्बन्धमा उठेको विषयलाई मुख्य आधार बनाएर सहमतिको प्रयास गर्ने भएको हो। अनौपचारीक छलफलपछि नेता गोकर्ण विष्टले भने, “छलफलले कुनै पनि हातलमा एमालेको पार्टी एकता कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्