मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ८ बजेबाट करिब आधा घण्टा छलफल भएको हो। भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। देउवाले गत असार २९गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका भएपनि आजसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। २५ सदस्यीय मन्त्रिपरिषदमा १९मन्त्री नियुक्त गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्