दार्चुलाको घटनाप्रति भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौंः नेता नेपाल काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा युवक बेपत्ता भएको घटनाप्रति भारत सरकारको ध्यानाकर्षण गराएका छन्। शनिवार अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले महाकाली नदीमा घटेको घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। शुक्रबार तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी फुकाइदिँदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्