पार्टी अध्यक्षले कसैलाई निषेध गर्ने भन्नु भएको छैनः नेम्वाङ
काठमाडौं। नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङले आफूहरू सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा प्रयत्नरत रहेको बताएका छन्। पार्टीको स्थायी कमिटी बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘हामी सिङ्गो पार्टी एकताबद्ध, एक ढिक्का बनाउने कुरामा लागि रहेको छौ। पार्टी अध्यक्षले पनि कसैलाई पूर्णतः निषेध गरेर भन्नु भएको छैन। बाहिरका कतिपय विषयमा भने म टिप्पणी गर्न चाहन्न।’
प्रतिक्रिया दिनुहोस्