विकास निर्माणलाई निरन्तरता दिन जनताले एमाले सरकार पर्खिरहेका छन् : पोखरेल काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अद्भूत विकास निर्माणलाई निरन्तरता दिन जनताले फेरि एमाले सरकार पर्खिरहेका बताएका छन्। शनिबार युवासंघ नवलपरासीले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अर्को निर्वाचनपछि एमालेले बहुमतसहित सरकारको नेतृत्व गर्ने दावी समेत गरे। पछिल्लो सय वर्षमा नभएका विकास निर्माण ओली सरकारले एक वर्षमा गर्ने योजना अगाडि सारेको भन्दै यसको निरन्तरताका एमाले सरकार चाहिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्