मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला प्रचण्ड–नेपालबीच भेटवार्ता काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका बेला नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन्। उनीहरूबीच आइतबार बिहान १० बजेपछि झण्डै एक घण्टा छलफल भएको थियो। प्रचण्डले सरकारमा सहभागिताका लागि नेता नेपालसँग आग्रह गरेका प्रचण्ड निकट स्रोतले बतायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्