प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त काठमाडौं। बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नियुक्त गरेकी हुन्। प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि यही भदौ २४ गतेबाट समाप्त भई अनिवार्य अवकाश पाउँदै छन्। उनी साउन २५ गतेबाट घर बिदामा बस्दैछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्