माओवादीको केन्द्रीय समितिको बैठक साउन ३० मा सर्‍यो काठमाडौं। नेकपा माओवादी केन्द्रको साउन २० को केन्द्रीय समितिको बैठक सरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले निर्धारित बैठक आगामी साउन ३० गतेलाई सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आवश्यक तयारी नपुगेकाले बैठक सारिएको हो। बैठकले साउन ३० भित्र पार्टीका सबै वडा कमिटीहरू गठन गरी त्यसको अद्यावधिक केन्द्रीय समितिमा प्रस्तुत गर्न निर्देशन दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्