महन्थ ठाकुरको रिट हेर्न नभ्याइनेमा काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आजको पेसी हेर्न नभ्याइनेमा परेको छ। आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको माग दाबीसहित ठाकुरले साउन १५ सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्