पदमुक्त माओवादी सांसदको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश रिटमा कारण–देखाउ आदेश जारी गरेको छ। एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले दुवैलाई पदमुक्त गरेको थियो। सो निर्णयविरुद्ध उनीहरुले पुनर्बहालीको माग गर्दै साउन ७गते सर्वोच्चमा रिट दायर गरेका थिए। आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले कारण–देखाउ आदेश जारी गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्