चार पूर्वमाओवादी नेताको रिट ईश्वरप्रसाद खतिवडाको इजलासमा, आज सुनुवाई हुँदै काठमाडौं। आफूहरुको सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले पार्टीबाट गरेको कारबाहीविरुद्ध चार एमाले नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाई तोकिएको छ। पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले दायर रिटमा आफूहरु माओवादीमै रहेकाले एमाले प्रवेश गरेको भनी गरेको कारवाही खारेज गर्न माग गरिएकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्