सरकारको न्यूनतम साझा कार्यक्रमको टुंगो लगाउन कार्यदलको बैठक जारी काठमाडौं।सरकारको न्युनतम साझा कार्यक्रमको खाका तय गर्न सत्तारुढ गठबन्धनको कार्यदल बैठक बसिरहेको छ। बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का,सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।बैठकले यसअघि नै तयार न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्