भारतीय दूतावास अगाडि अखिल क्रान्तिकारीको प्रदर्शन
काठमाडौं। नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ। संगठनले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा महाकालीमा जयसिंह धामी बेपत्ता भएको भन्दै उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतको ज्यादती बन्द गर्न माग गरेका छन्। उक्त घट्नामा भारतीय पक्षले भने एसएसबीले तुइनको डोरी नकाटेको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्