महन्थ ठाकुरको रिट आज पनि हेर्न नभ्याइनेमा काठमाडौं। निर्वाचन आयोगले पार्टी आधिकारिताका सम्बन्धमा गरेको फैसला बदर गर्न माग गर्दै महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ। आइतबारको पेसी पनि सरेको थियो। आयोगले हेडकाउन्टको आधारमा जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णयसँगै सो निर्णयविरुद्ध ठाकुरले १५ साउनमा रिट दायर गरेका थिए। सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको पेसी फेरि सरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्