दार्चुला घटनाको दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस घटनाको छानबिन समितिको प्रतिवेदनअनुसार घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए। समिति क्रियाशील रहँदा छानबिनमा प्रभाव पार्ने गरी सरकारले राय दिन नमिल्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्