![](https://www.dekhapadhi.com/uploads/posts/1627914438.Meeting Photos.jpg)
ऊर्जा मन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेट
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन्। ऊर्जा मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्