अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी काठमाडौं। नेकपा एमालेभित्रको एकतालाई निस्कर्षमा पुर्याउन मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। पार्टी एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता गराउन खोजेका हुन्। आज पनि नेताहरु वार्ताको वातावरण बनाउन छलफलमा छन्। नेता सुवास नेम्वाङकाअनुसार भेटवार्ताका लागि समय र स्थान भने तय भइसकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्