सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको बस्नेतको आरोप
काठमाडौं। नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले महाकालीमा डुबेका जयसिंह धामीबारे सरकारले मौन बस्न भनेको समेत बताए। उनले भने,“प्रधानमन्त्री भन्नुहुन्छ खोप खोप खोप, मेयरको घरमा खोप,उपसभापतिको घरमा खोप,होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपैखोप,जनता दिनभरी लाईनमा खोप न सोप। बिचरा सरकार व्यापारीलाई मन्त्री बनाउँछ,दक्ष सचिव फेर्छ,वीर अस्पतालको एमडी फेर्छ,स्वास्थ्य माफियालाई संरक्षण गर्छ।”
प्रतिक्रिया दिनुहोस्