दार्चुला घटनाको छानवीन गर्न संसदीय समिति बनाउन एमालेको माग काठमाडौं। नेकपा एमालेले दार्चुला घटनाकोे छानवीनका लागि संसदीय छानवीन समिति बनाउन माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले नेता राजेन्द्र गौतमले दार्चुला घटनामा गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानवीन समिती बनाएर सरकारले संसदलाई बाइपास गरेको भन्दै तत्काल संसदीय छानवीन समिति गठन गर्न माग गरेका हुन्।भारतीय सुरक्षाकर्मीले तुईन फुकालिदिएर नेपाली नागरिक महाकालीमा बेपत्ता पारिएको घटना अन्तर्राष्ट्रिय फौजदारी अपराध भएको उनले दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्