रवीन्द्र मिश्रको काउन्टरमा विवेकशील साझा पार्टीका चार नेताले ल्याए अर्को प्रस्ताव
काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चारजना नेताले अर्को प्रस्ताव ल्याएका छन्। संयोजक पाण्डे,नेता रञ्जु दर्शना,केशव दाहाल र राजेन्द्र पंगेनीले मंगलबार ‘वैकल्पिक राजनीतिको मूलबाटो’ भन्दै अर्को प्रस्ताव ल्याएका हुन्। सो प्रस्तावमा गणतन्त्रको सुदृणीकरण, धर्मनिरपेक्षता एवं संघीयतामा सुधार आजको आवश्यकता रहेकोमा जोड दिइएको छ।
प्रतिक्रिया दिनुहोस्